काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेका नेपाल पक्षका नेताहरुलाई पार्टी जेठ ३ मा फर्किदैमा प्रधानमन्त्री केपी शर्मा ओलीका अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ? भन्दै प्रश्न गरेका छन् ।

आइतबार बेलुका एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टी एकता बचाउन भन्दै ६ बुँदे प्रस्ताव अगाडि सारेपछि टिप्पणी गर्दै डा. भट्टराईले ट्विटरमार्फत यस्तो प्रश्न राखेका हुन् ।

एमाले कणहरूसंग जिज्ञासा:तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यस यता ओलीले गरेका २/२पटकका संसद विघटन,संवैधानिक अंगहरूको अवैध कब्जा,यति/ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार,साॅसद अपहरण,कोरोनापीडित लाखौंको विचल्ली,अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्?

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *