प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । केन्द्रमा उपेन्द्र यादव र महन्थ पक्षले एक अर्कोलाई कार्वाही गरेको समयमा प्रदेशमा मुख्यमन्त्रीले महन्थ पक्षलाई सरकारबाट हटाएका हुन् । मुख्यमन्त्री राउत उपेन्द्र यादव पक्षका हुन् ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको छ ।

औपचारिक फुटको घोषणा हुन मात्र बाँकी रहेको समयमा जसपाको उपेन्द्र यादव पक्षले प्रदेशमा कांग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउने तयारी गरेको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *