काठमाडौं : एमाले नेता योगेश भट्टराईले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले एकताका लागि गरेको आह्वानलाई सकारात्मक भनेका छन्।

आइतबार साँझ प्रधानमन्त्री ओलीले गरेको सार्वजनिक आह्वान सकारात्मक भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबारै बताएका हुन्।
अध्यक्ष ओलीको वक्तव्यले पार्टी एकता कार्यदल स्तरको छलफललाई निरन्तरता दिएको उनको भनाइ छ।
भट्टराईले अध्यक्ष ओलीको वक्तव्यले पार्टीको शीर्ष नेतृत्वका लागि सार्थक संवादको बाटो खुलको र पार्टीलाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गरेका छन्।हजार माइलको यात्रा पहिलो पाइलाबाट सुरु हुने उनको भनाइ छ।
नेता भट्टराईले फेसबुकमा लेखेका छन्,
‘नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक वक्तव्यमामार्फत गर्नु भएको आह्वान मुलत सकारात्मक छ।कार्यदलस्तरको छलफललाई यो वक्तव्यले पुन निरन्तरता दिन बाटो खुलेको छ।पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्ने छ ।सर्वोच्चमा विचाराधिन विषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संविधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ।सारमा अध्यक्षको वक्तव्यले पार्टीको शीर्ष नेतृत्का बीचमा सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गर्दछु।हजार माईलको यात्रा पहिलो पाइलाबाट नै शुरु हुन्छ ।’

