बिष्णु चुडाल
काठमाडौं : नेपाल आमाले बेलाबेलामा कयौं महानायकलाई जन्म दिएर आफ्नो कोख धन्य बनाएकी छिन् । बाँच्नलाइ त हरेक प्राणि बाँचेकै हुन्छन् । तर अरुलाई समेत जिवनको अस्तित्व बोध गराएर बचाउने र बाँच्न प्रेरणा दिने ब्यक्तिलाई नै महानायकको संज्ञा दिन सकिन्छ। यस्तै कुरा गर्नु पर्दा आफ्नो कामको जिम्मेवारी सङ्गसङ्गै समाजसेवाको क्षेत्रमा निरन्तर निस्वार्थ भावले लागि पर्ने हामी सबैले सधैं सम्झन योग्य महानायकहरु मध्ये एक उज्वल नक्षत्र डाइनामिक लिडर , रास्ट्रसेवक , सकारात्मक सोचका धनी आस्थाका धरोहरका रुपमा स्थापित भएका नामले नै काफी नमराज ढकाललाई लिन सकिन्छ ।
हाम्रा राष्ट्रसेवक र अनाथहरूका अभिभावक ढकालको जन्म वि. स. २०३१ साल जेठ २२ गते बागमती अञ्चल नुवाकोट जिल्लाको खानिगाँउमा परमधामबासी पिता मोह प्रसाद ढकाल र माता नन्द कुमारी ढकालको कोखबाट पहिलो पुत्ररत्नका रुपमा भएको हो। सानै उमेरदेखि अती मिलनसार , सरल मिजास र नम्र स्वभावका नमराज सबैका लागि प्रसंसाका प्रिय पात्र बनेका छन् । उनी सानै उमेर देखि अध्यन अनुसन्धान , साहित्य, दर्शन र धर्मकर्ममा उतिकै रुचि राख्दथे।
उच्च शिक्षाको सिलसिलामा २०४७ सालतिर काठमाडौं बरालिएका ढकालले ” शिक्षा नै जीवन हो ” शिक्षा भनेको जीवन पर्यन्त बाँच्ने आधार हो भन्ने मन्त्र लिएर अघि बढेका हुन् ।

महानायक ढकालले २०४७ सालमा प्रवेशिका परिक्षा उतिर्ण गरेपछि सरस्वती क्याम्पसबाट प्रमाणपत्र तह पूरा गरेका हुन् । त्यस् पछी क्रमश शंकरदेब क्याम्पसबाट ब्यबस्थापन विषयमा स्नातकोत्तर , त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्र विषयमा स्नातकोत्तर , पाटन क्याम्पसबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर , बल्खुबाट जनप्रसासन विषयमा स्नातकोत्तर , कानुन विषयमा स्नातक र पुर्वाञचलबाट वान इयर विएड उतिर्ण गरेका छन् । हाल उनी त्रिभुवन बिश्वविद्यालय अन्तर्गत अर्थशास्त्र विषयमा एमफिल , त्रिचन्द्र क्याम्पसमा डिप्लोमा इन काउन्सेलिङ साइकोलोजी र वाल्मीकि बिधापिठमा स्नातक शास्त्री प्रथम वर्षमा अध्ययनरत छन्। त्यस्तै गरि उनले आफ्नो कार्यकाल अवधीमा यस् अघि महानगर प्रमुखको सचिवालय प्रमुख , सहकारी विभागको प्रमुख , शिक्षा विभागको प्रमुख , सूचना विभागको प्रमुख भएर जिम्मेवारी निर्वाह गरिसकेका छन् । २२ वर्षको उमेरदेखि सरकारको सेवामा निरन्तर योगदान दिएका ढकाललाई हालको दिनसम्म गरेको उच्च मुल्यांकनको कदर गर्दै संविधान दिवस ( रास्ट्रिय दिवस २०७७) को अवसरमा रास्ट्रपति विद्यादेवि भण्डारीबाट प्रवल जनसेवा श्री चतुर्थ श्रेणि द्वारा विभुषित भएका छन् ।
नेपाल संविधानको धारा ७७ को उपधारा वमोजिम मन्त्री परिषदको सिफारिसमा ढकाल विभुषित भएका हुन् । श्री कृष्ण प्रणामि युवा परिषद नेपालका केन्द्रिय अध्यक्ष समेत रहेका सामाजिक अभियान्ता ढकालले बलि प्रथा विरुद्ध चेतनामूलक अभियान चलाउनुका साथै ” दुर्ब्यसन त्यागौ सेवामुखी बनौं ” भन्ने नारालाई अगाडि सार्दै श्री कृष्ण प्रणामि धर्मको उत्थान , संरक्षण , संवर्दन एवं उन्न्यनमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका छन् । महानायक ढकालले विभिन्न जिल्लाहरुमा पुगेर पनि पशु-वलि कुप्रथा विरुद्ध चेतनामुलक विभिन्न धार्मिक कार्यक्रमहरु गर्दै विशेष त युवाहरुलाई लक्षित गरि उचित शिक्षा हासिल गरि स्वदेशमै रोजगारीको अवसर खोजाैं भन्ने अभियान पनि चलाउदै आएका छन् ।
उनले आफ्ना सहकर्मीहरुको सक्रियतामा विभिन्न जिल्लाका विद्यालयमा रहेका दयनीय अवस्थाका बालबालिकालाई विद्यालय पोसाक , किताब कपि, जुत्ता चप्पल , स्कुल ब्याग पनि हस्तान्तरण गरेका छन् ।
हाल ढकालकै नेतृत्व तथा सहकार्यमा श्री कृष्ण प्रणामि युवा परिषद नेपालले सामाजिक कामहरुमा युवाहरुको नेतृत्व विकास , स्वयंसेवक परिचालन , बालविकास, जेष्ठ नागरिक र महिला विकासका कार्यक्रम सरसफाइ तथा स्वास्थ्य परामर्श सेवा जस्ता कार्यक्रमहरु विविध क्षेत्रमा दिदै आइरहेको देखिएको छ। यसै गरि महानायक ढकालले आज पर्न गएको जन्मदिनमा पार्टी भोज भतेर गरेर होइन सेवामुलक कार्य गरेर पनि मनाउन सकिन्छ भन्ने सन्देश लिएर समाज सेवामा लागेको जानकरी उनको छ । अरुले आफ्नो जन्मदिन केक काटेर तथा पार्टी गरेर मनाउने गरेतापनी आफुले भने जन्मदिनमा पनि दुखी असहायको सेवा गर्दै आएको र सेवामुलक कामलाई निरन्तरता दिएको बताउछन् । रमाइलो गरेर भोजभतेर गरेर हजारौं रुपैयाँ खर्च गर्नु भन्दा थोरै रकम जोहो गरेर कोरोनाको दोस्रो लहरको समयमा लकडाउनमा अलपत्र परेका गरिव अनाथहरुको एक छाक भए पनि पेट भरिन्छ भन्ने उनको मनसाय छ। यसरी सामाजिक क्षेत्रमा निरन्तर योगदान दिदै आएका महानायक ढकालबाट अरुले पनि यहि सिको सिकेर सामाजिक काम गर्ने उत्प्रेरणा यहाँहरु सबैमा जागोस्। तसर्थ निरन्तर सामाजिक कार्यमा हत्या , हिंसा , अन्याय अत्याचार , दुर्ब्यसनी विरुद्ध लड्दै अझ बढि सामाजिक काममा जोड्दार अगाडि बढ्ने सद्भभाव र हौसला मिलिरहोस् भन्ने अपेक्षा सहित दिन दुखीको सेवामा जन्मदिन मनाउने शुभअवसरमा तपाईंको सु स्वास्थ्य , दिर्घजीवन तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं । प्रेम प्रणाम ।।

