काठमाडौं : दुई दिने भर्चुअल बैठकपछि परिस्थितिको समीक्षा र नयाँ निचोड निकाल्न नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटी बोलाएको छ । शनिबार दिउँसो १ बजे स्थायी कमिटी बैठक आह्वान गरिएको युवराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार बैठक भर्चुअल माध्यमबाट हुने छ ।

“हामीले दुई दिन केन्द्रीय सदस्यहरूको धारणा सुन्यौँ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षसँग वार्ता, छलफल गरिरहेका कमरेडहरूको कुरा पनि सुन्यौँ । सबैको कुराको विश्लेषण गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने भयो,” ज्ञवालीले भने ।

