काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।ओलीले जसपाको महन्थ ठाकुर पक्षलाई समेट्दै हेरफेर गरेका हुन्।

शनिबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीबाट नव नियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन्।

हालको क्याबिनेटमा पुराना चारजना मात्र रहेका छन्। बाँकीको क्याबिनेटबाट बहिर्गमन भएको छ।

उपप्रधानमन्त्रीमा बढुवा भई अर्थमन्त्री विष्णु पौडेलले निरन्तरता पाएका छन् भने शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त तेम्वाङ र कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले पनि निरन्तरता पाएका छन्।

बालुवाटार स्रोतका अनुसार ओलीले गृह, रक्षा, सञ्चार, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय आफैँसँग राखेका छन्।ओेलीले एमालेबाट रघुविर महासेठलाई उपप्रधानसहित परराष्ट्र र शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन्।

जसपाबाट राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालयकोे जिम्मेवारी पाएका छन् भने शरतसिंह भण्डारी उर्जा, अनिल झा खानेपानी, विमल श्रीवास्तव श्रम, उमाशंकर अरगरिया युवा तथा खेलकुद, लक्ष्मण लाल कर्ण भूमिसुधार, चन्दा चौधरी महिला मन्त्रालय र एकवाल मियाँले वन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यसै गरी चन्द्रकान्त चौधरी उर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला मन्त्रालयको राज्यमन्त्री भएका छन्।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *