काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहले आफू देशभित्र र बाहिरको महामारीको अवस्थाबाट चिन्तित रहेको बताएका छन्।

उनले बिहीबार सामाजिक सञ्जालमार्फत् आफ्नो स्वास्थ्य राम्रो भएको जनाउँदै देशमा फैलिरहेको महामारीको कारण आफू चिन्तित रहेको बताएका छन्। ‘अहिले हामी दुबै पूर्ण स्वास्थ्य लाभमा छौं तर देश तथा देश बाहिरको महामारीको अवस्थाप्रति चिन्तित छौं।’ उनले भनेका छन्।
सञ्जालमार्फत् नै उनले आफ्नो र पूर्व रानी कोमल शाहको स्वास्थ्य लाभका लागि शुभकामना दिने सबैप्रति आभार व्यक्त गर्दै महामारीमा खट्ने सबैलाई धन्यवाद दिएका छन्। ‘महामारीमा दिनरात आफनो दायित्व र मानवीय कार्य गर्ने सबै अग्रपंक्तिमा रहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,सफाइकर्मी तथा सामाजिक कार्यकर्ताहरुमा हामी अन्तर आत्मादेखि धन्यवाद दिन चाहन्छौं।’ उनले भनेका छन्।
पूर्व राजा शाहले महामारी जारी रहेकाले यसलाई नियन्त्रणका लागि हाम्रो आफ्नै संकल्प र बाह्य सहयोगको आवश्यक पर्नेमा समेत जोड दिएका छन्।

