काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले खोप उपलब्ध गराउने अमेरिकी घोषणाको स्वागत गरेका छन्। प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत अमेरिकी घोषणाको स्वागत गरेका हुन्।

उनले कोभिडविरुद्ध खोप उपलब्ध गराउने घोषणामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद समेत दिएका छन्।

प्रधानमन्त्री ओलीले उक्त घोषणाले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने पनि ट्वीटरमा व्यक्त गरेका छन्।

संयुक्त राज्य अमेरिकाले एशियाका विभिन्न १७ वटा देशलाई करिब ७० लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ। नेपाललाई दिइने भनिएको ५० लाख डोज खोप पनि यसै घोषणा अन्तरगत पर्दछ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *