काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने भएको छ। केपी शर्मा ओली सरकारले आफ्ना अधिकांश माग पूरा गरेको भन्दै ठाकुर समूह सरकारमा जान सहमत भएको हो।

ठाकुर पक्षबाट आजै मन्त्रीहरूले शपथ लिने तयारी भइरहेको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ।

‘आजै उहाँहरू सरकारमा सहभागी हुनुहुनेछ। अब शपथको तयारी भइरहेको छ,’ स्रोतले बतायो।

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबीच शुक्रबार दिउँसो भएको वार्तापछि मन्त्रीहरूको नाम टुंगो लागेको बुझिएको छ।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा जसपाको नेतृत्व गर्ने भएका छन्। उनले उपप्रधानसहित शहरी विकास मन्त्रीको शपथ लिने तय भएको छ।

जसपा नेता डा. सुरेन्द्र कुमार झाले ८ मन्त्री र २ जना राज्यमन्त्रीले शपथ लिन लागेको बताए।

उनका अनुसार महतोसँगै लक्ष्मणलाल कर्ण, शरद सिंह भण्डारी, अनिल झा, उमाशंकर अगरगरीया, एक वालमीया, चन्दा चौधरी, विमल श्री वास्ताव, रेनुका गुरुङ र चन्द्रकान्त चौधरीले मन्त्री पदको शपथ लिन तय भएको छ।

६ बजे शपथका लागि तय भएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *