कोरोना सङ्क्रमणका कारण धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ।

स्टार अस्पताल ललितपुर, सानेपामा उपचारका क्रममा ५५ वर्षीय पौडेलको आज निधन भएको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।

कोरोना सङ्क्रमण देखिएपछि जेठ २ गते उपचारका लागि उनलाई अस्पताल लगिएको थियो। न्यायाधीश पौडेल ०७६ साउनदेखि जिल्ला अदालत धादिङका न्यायाधीशमा कार्यरत थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *