काठमाडौं : जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नारायणहिटी हत्याकाण्डको छानबिन गर्नका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।

राजा वीरेन्द्र शाहको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यसबारे सत्यतथ्य स्थापित हुन नसक्नु
लोकतान्त्रिक गणतन्त्रका निम्ति शोभनीय नभएको कुरा बताएका छन्।

उनले ट्विटरमार्फत यस्तो विचार अघि सारेका हुन्।

“राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा
पनि त्यसबारे सत्यतथ्य स्थापित हुन नसक्नु र आरोपप्रत्यारोपको शृंखला चलिरहनु हाम्रो लोकतान्त्रिक गणतन्त्रनिम्ति शोभनीय हैन,” उनले भनेका छन्, “राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानबीन आयोग गठन गरी यो रहस्य सदाका निम्ति अन्त्य गरौं।”

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *