काठमाडाैं : नेपाललाई अमेरिकी सरकारले ५० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने भएको छ।

उक्त खोप कोभ्याक्समार्फत नेपालले पाउने सुविधाअनुसार पठाइने बताइएको छ। दूतावास स्रोतका अनुसार नेपालले यो परिमाणको खोप उपलब्ध गराउन आग्रह गरेको थियो। सेक्युरिटी काउन्सिलले दूतावासलाई भ्याक्सिनको एलोकेसन गर्ने जानकारी बिहीबार दिएको स्रोतको दाबी छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उत्पादक देशसँग खोप उपलब्ध गराइदिन केही दिनअघि आग्रह गरेकी थिइन्।

