काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

बुधबार साँझ शीतलनिवास पुगेका प्रधानमन्त्री ओलीको राष्ट्रपति भण्डारीसँग करिब दुई घण्टा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले बतायो। तर, राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको छलफलको विषय भने खुलेको छैन।
जसपाका नेताहरूले राजनीतिक दल विभाजनसम्बन्धी कानुनी व्यवस्था खुकुलो पार्नका लागि अध्यादेश ल्याउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए। प्रधानमन्त्रीले त्यसबारे राष्ट्रपतिसँग सरसल्लाह गरेको अनुमान कतिपयले गरेका छन्।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनले राजनीतिमात्र ध्रुबीकृत भएको छैन, मुलुकको सर्वोच्च न्यायालयभित्रको मतसमेत विभाजित हुनपुगेको देखिएको छ।

