काठमाडौं :पूर्व राजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डले हृदयमा पारेका चोटहरू कहिल्यै भुल्न नसकिने बताउँदै आफ्ना वेदना पोखेका छन्।

बुधवार पूर्व राजा ज्ञानेन्द्रले ट्वीटरमार्फत साथ र सहयोग चुड्ने अधिकार नियतीलाई मात्रै हुने उल्लेख गर्दै उनका दाजु तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएकामा दु:ख व्यक्त गरेका हुन् ।

२०५८ साल जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको थियो । त्यसबारेमा अनुसन्धान गर्नका लागि कार्यदल गठन भए पनि अझै सत्य तथ्य पत्ता लागेको छैन ।यस सन्दर्भमा पूर्व राजा लेख्छन् , “अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन।”

ट्वीट गर्दै ज्ञानेन्द्रले भने-‘एक यस्तो हृदयका चोट, जसलाई कहिले भुल्न सकिन्न। साथ र सम्बन्धहरू चुँड्ने अधिकार नियतीलाई मात्र रहेछ। अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन। प्रिय दाजू र उनका परिवार प्रति हार्दिक श्रद्धाञ्जलि।’

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *