काठमाडौं :नेकपा (एमाले)का महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेता योगेश भट्टराईबीच छलफल भएको छ । छलफल उपप्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको हो ।

उनीहरूबीचको छलफल पार्टी एकता जोगाउने विषयमा भएको बताइएको छ । एमालेले आज अपराह्न ४ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित गरेको छ ।
आफूहरू नेताहरूसँग संवादमा नै रहेको नेता सुवास नेम्वाङले जानकारी दिए । विभन्न नेताहरूसँग पार्टी एकता जोगाउने विषयमा छलफल चलिरहेको उनको भनाइ छ ।

