स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६१ हजार ५६३ पुगेको छ।

नेपालमा आज ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ७९२ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ५ लाख ७१ हजार ९०३ जना पुगेको छ।

आज १०१ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ५५५ पुगेको छ।

आज १६ हजार ८७८ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३० लाख ८८ हजार ३७६ जनाको परीक्षण गरिएको छ।

आज काठमाडौं उपत्यकामा १ हजार ४५६ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना रहेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *