नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९४ हजार ५०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९४ हजार २०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. ३०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९४ हजारमा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९३ हजार ७०० मा कारोबार भएको थियो ।
यस्तै, मंगलवार चाँदीको मूल्य पनि बढेको छ । सोमवार प्रतितोला १ हजार ३६० मा कारोबार भएको चाँदी मंगलवार रू. १० ले बढेर प्रतितोला रू. १ हजार ३७० मा खरीदविक्री भइरहेको छ ।

