काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना भाइरसविरुद्धको खोप ल्याउन सरकार कुइराको कागजस्तै भएको टिप्पणी ट्विटरमार्फत गरेका छन् ।

सोमबार ट्वीट गर्दै अध्यक्ष डा. भट्टराईले कोरोनाविरूद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व भएको बताएका छन् । नेपालजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रूस र चीन दुवै देशबाट खोप लिएर सबैलाई पुर्याइसकेको उल्लेख गर्दै उनले नेपाल भने कुइराको काग जस्तै भएको भन्ने टिप्पणी गरेका छन् ।

“कोरोनाविरूद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो,” उनले लेखेका छन् , “हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रूस र चीन दुवैबाट लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो ?”

डा. भट्टराईले कोरोना भाइरसविरुद्धको खोपका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशी राष्ट्रलाई पत्राचार गरेकोप्रति पनि असन्तुष्टि जनाएका छन् भने सरकारलाई खुराफातमा मस्त भएको आरोप लगाएका छन् । उनले भनेका छन्, “सरकार खुराफातमा मस्त हुने सेरेमोनियल राष्ट्रपतिलाई चाहिँ भीख माग्न लगाउने ? खै लाजशरम ?”

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *