शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार पनि दोहोरो अंकको गिरावट आएको छ। सोमबार ४५.२५ अंकले गिरावट भएको नेप्से मंगलबार पनि  ११.६८ अंकले घट्दै २ हजार ७७१.१५ विन्दुमा झरेको छ।

आज सेन्सेटिभ इन्डेक्ससमेत ३.६९ अंकले घटेर ४९६.८६ विन्दुमा झरेको छ। आज विकास बैंक र फाइनान्स बाहेक सबैजसो समूहहरु तथा उप समूहहरु ऋणात्मक रहेका छन्।

आज २१६ कम्पनीका एक करोड ९७ लाख ८३ हजार ३५४ कित्ता शेयर ९८ हजार ६०७ पटक कारोबारमा ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँको कारोबार भएको छ।

कालिका पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। लुम्बिनी विकास बैंक, गोर्खाज फाइनान्स, समिट माइक्रो फाइनानस डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकको बढेको छ।

त्यसैगरी सबैभन्दा धेरै शेयर मूल्य घट्ने कम्पनीमा दिव्यश्वरी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *