साताको दोस्रो दिन आज पनि सुनको मूल्य बढेको छ। आज सुन २ सयले बढेको हो। आइतबार पनि २ सयले नै बढेको थियो ।

गत हप्ता आइतबार ३ सयले बढेको थियो भने सोमबार १ सयले बढेको थियो। मंगलबार २ सयले घटेको थियो। बुधबार स्थिर रहेको थियो भने बिहीबार ७ सयले बढेको थियो। यस्तै शुक्रबार सुन ४ सयले घटेको थियो।
आज छापावाला सुनको प्रतितोला ९४ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९३ हजार ७ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ। आज चाँदी एक हजार ३६० मा कारोबार भइरहेको छ।

