काठमाडौं : राष्ट्रियसभा अन्तर्गत लुम्बिनी प्रदेशमा रिक्त १ सदस्य पदका लागि आज उपनिर्वाचन हुदैँछ ।

मतदानका लागि दाङको घोराहिस्थित कर्मचारी मिलन केन्द्र परिसरमा तीनवटा मतदान केन्द्र राखिएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदै छ।

मतदानका लागि प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुख दाङ पुगेका छन् । यस अघि माओवादी केन्द्रबाट राष्ट्रियसभामा विजयी अर्चाखाँचीका चन्द्रबबहदुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा सो पद रिक्त थियो ।

एमालेले अहिले उनै चन्द्रबहादुर खड्कालाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसबाट दीर्घ नारायण पाण्ठेय चुनावी मैदानमा छन् । निवार्चन सम्बन्धी सम्पूर्ण तयारी पूरा भएको स्रोतले जनाएको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *