काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले, पार्टीभित्र अन्तर्घात गरेर एमालेलाई कमजोर बनाइएको आरोप माधव नेपाल पक्षलाई लगाएका छन् ।

युवा संघ नेपालको सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार समूह निर्लज्ज तरिकाले प्रस्तुत भएको, नग्न नृत्य देखाएको बताएका हुन् ।
“उहाँहरू यति निर्लज्ज तरिकाले प्रस्तुत हुनुभयो । लोकतान्त्रिक आन्दोलनको इतिहासमा यस्तो हुँदैन । छातीका टाँक खोलेर राष्ट्रपति कार्यालय, अदालतमा प्रस्तुत भए ” उनले भने, “विधि, पद्धति, प्रक्रिया भन्ने तर यसरी विश्वासघाती, आत्मघाती तरिकाले प्रस्तुत हने । आफूलाई लोकतन्त्रवादी भन्ने अस्वस्थताका वैशाखी टेकेर हिँड्ने !”
उनले विपक्षी गठबन्धनसँग जम्मा १ सय १० मत भएको र बहुमत नपुग्ने जिकिर गरे ।

