बङ्गलादेशले भारतसँगको स्थल नाका हुँदै गरिने सार्वजनिक यात्रामा गरेको प्रतिबन्धलाई जुन १४ सम्मका लागि विस्तार गर्ने निर्णय गरेको छ।

छिमेकी मुलुक भारतमा कोभिड–१९ बृद्धि भएको समय बङ्गलादेशको भारतसँगको स्थल सीमालाई अप्रिल २६ देखि बन्द गरिएको थियो भने सीमा क्षेत्रमा यात्रा प्रतिबन्धको अन्तिम मिति मे ३१ सम्मका लागि जारी गरिएको थियो।
शनिबार बङ्गलादेशका परराष्ट्र सचिवको अध्यक्षतामा बसेको बैठकले भारतसँगको सीमा बन्द गर्ने निर्णयलाई विस्तार गर्ने भएको बताइएको छ।
सरकारले भाइरसको फैलावट रोक्न भारतसँग जोडिएका अन्य दुई सीमाविन्दु मार्फत् हुने दुई थप स्थल मार्गलाई पनि यात्रा बन्द गर्ने निर्णय गरेको छ।

