काठमाडौं, जेठ १७ गते । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा २० हजार लिटर अर्थात (२१–२२) सय सिलिण्डर क्षमताको लिक्विड अक्सिजन ट्यांक जडान गरिएको छ ।शंकर अक्सिजन ग्याँसका प्रवन्ध निर्देशक शम्भु भण्डारीले ट्यांक जडान भइसकेको र पाइपलाइन जोडने लगायत प्राविधिक काम भइरहेको जानकारी दिनुभयो ।

पाइपलाइन काम २ दिन भित्र सम्पन्न भई ग्याँस सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो । यो सञ्चालनमा भए पछि ग्याँसको त्रिविमा अभाव हुन नपाउने उहाँको विश्वास छ । यसै गरि अस्पतालले पनि बिरामीका लागि आवश्यक पर्ने अक्सिजन आगामी दिनमा अभाव नहुने बताएको छ ।
जडान भएको ट्यांकलाई सञ्चालनमा ल्याउनका लागि जति सक्दो चाडो सञ्चालनमा ल्याउने गरि काम भइरहेको अस्पतालले जानकारी दिएको छ । टिचिङमा अस्तालमा बढि विरामीको चाप हुने अस्पतालको रुपमा चिनिन्छ । अहिले पनि उपचार गर्न आउने विरामीमा खासै कमी आउन सकेको छैन् । त्रिविका उक्त अक्सिजन ट्यांक जडान संकर अक्सिजन ग्याँस उद्योगले गरेको हो ।
यसै गरि अन्य अस्पतालमा पनि ट्यांक जडान गर्नको लागि कुराकानी भइरहेको ग्याँसका प्रवन्ध निर्देशक भण्डारी बताउनुभयो । धरानको विपी अस्पतालमा पनि अक्सिजनको ट्यांक राख्ने बारेमा कुराकानी भएको उहाँले बताउनुभयो ।

