बेइजिङ: चीन सरकारले अब हरेक जोडीलाई तीन जनासम्म सन्तान जन्माउन पाउने छुट दिएको छ ।

राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको चिनियाँ सत्तारुढ कम्युनिस्ट पार्टीको पोलिटव्यूरो हालैको बैठकले नयाँ नीति कार्यान्वयनमा ल्याएको हो ।

युवा जनशक्ति भन्दा पनि वृद्धवृद्धाहरुको संख्या बढी देखिन थालेपछि चीनले २०१६ मा नै एक सन्तान नीति परिवर्तन गर्दै दुई सन्तान पाउन पाउने व्यवस्था लागू गरेको थियो । अब नयाँ नीतिको रुपमा तीन सन्तानसम्म पाउन पाउने व्यवस्था ल्याएको हो ।

यस्तै जनसंख्याको अनुपातको सन्तुलन नमिल्दा पछिल्लो समय महिलाको तुलनामा पुरुषको जनसंख्या बढेपछि पुरुषहरुका लागि विवाह गर्न समेत जटिल अवस्था उत्पन्न हुन थालेको छ ।

एक सन्तान नीतिले गर्दा जनसंख्याको सन्तुलन बिग्रिएको भन्दै आलोचना हुन थालेपछि चीन सरकारले पछिल्लो ५ वर्षको अवधिमा नै दुई पटक नीतिमा फेरबदल ल्याएको हो । यस नीतिले गर्दा चीनको जनसंख्याको ढाँचामा सुधार आउने अपेक्षा गरिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *