काठमाडौं :चीन सरकारले अनुदानमा दिएको १० लाख कोरोना भाइरसविरुद्धको भेरोसेल खोपमध्ये आठ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज सोमबार चीन जाँदै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको पत्रपश्चात् चिनियाँ राष्ट्रपति सि जिनपिङले घोषणा गरेको अनुदानको खोप लिन जहाज चीन जान लागेको हो ।
खोप लिनका लागि वाइडबडी विमान सोमबार राति ११ बजे त्रिभुवन विमानस्थलबाट उड्ने र चीनबाट खोप लिएर मङ्गलबार दिउँसो दुई बजे नेपालका लागि प्रस्थान गर्ने तालिका रहेको कुरा नेपाल वायु सेवा निगमले जनाएको छ ।

