काठमाडौं :लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रिय सभामा रिक्त एक पदका लागि भएको उपनिर्वाचनको मत गणना सुरु भएको छ । मत गणना निर्वाचन अधिकृतको कार्यालयमा सुरु भएको हो ।

दाङको घोराही उप-महानगरापालिकास्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा
२९७ भोट खसेको छ । मतदानमा प्रदेशसभाका ८३ र स्थानीय तहका गाउँपालिका अध्यक्ष-उपाध्यक्ष, नगरपालिका प्रमुख-उपप्रमुख २१४ जनाले मतदान गरेका छन् ।

उपनिर्वाचनमा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनको तर्फबाट दीर्गनारायण पाण्डे उमेदवार छन् ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *