काठमाण्डाै : नेकपा एमालेकाे स्थायी कमिटी बैठक साेमबार बिहान १० बजेसम्मका लागि स्थगित भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका ५ बजे बैठक बोलाइएकाे भए पनि भाेलि बिहान १० बजेसम्मका लागि स्थगित भएकाे नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

आजको बैठकमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने थप १२ जना नेतालाई थप कारबाहीबारे छलफल गरेर निर्णय हुन सक्ने बताइएकाे थियाे ।

यस्तै शनिबार प्रस्तुत गरिएको बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने तय भएकाे एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

 

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *