काठमाडौं : जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आर्थिक वर्ष २०७८/ ७९ को बजेटलाई नहुने चुनावको एमाले घोषणापत्रको संज्ञा दिएका छन् । बजेटबारे टिप्पणी गर्दै सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

बजेट सीधासादा जनतालाई झुक्याउने प्रयत्न गरिएको र पपुलिज्ममा पनि खासै सिर्जनात्मकता नदेखिएको कुरा भट्टराईले व्यक्त गरेका छन्। उनले बजेटमा संरचनात्मक परिवर्तनको छनक नदेखिएको पनि बताएका छन् ।

उनले भनेका छन्-‘अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन।सिधासादा मतदातालाई ललीपप बाॅडेको देखियो। पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन।उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो।एउटै नयाॅ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो!’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *