फिनल्यान्डको प्रहरीले त्यहाँकी प्रधानमन्त्री सन्ना मरिनमाथि अनुसन्धान गर्ने भएका छन्।

ट्याबलोइड पत्रिका इल्तालेहतीले प्रधानमन्त्री मरिनले सरकारी पैसामा बिहानको खाजा खाने गरेको समाचार लेखेपछि प्रहरीले उनीमाथि अनुसन्धान गर्ने भएको हो।

समाचारअनुसार ३५ वर्षकी मरिनले आफ्नो खाजाको लागि महिनामा सरकारी रकमबाट ३ सय युरो छुट्याएकी छिन्।

प्रहरीले पनि विज्ञप्तीमा भनेको छ,‘प्रधानमन्त्रीले केहीपटक सरकारी पैसा खाजामा खर्च गरेको देखिएको छ। यद्यपी कानुनले त्यो स्वीकृति दिँदैन।’

फिनल्याण्डका विपक्षी दलहरूले पनि प्रधानमन्त्रीको खर्चको लागि करदाताको पैसाको दुरुपयोग गरिएको आरोप लगाएका छन्।

यद्यपी प्रधानमन्त्री मरिनले आफूले सरकारी खर्चमा खाजा नखाएको र सरकारी पैसाले आफ्नो लागि केही खरिद नगरेको प्रतिक्रिया जनाएकी छिन्।

उनले ट्विटरमा भनेकी छिन्,‘प्रधानमन्त्रीको रूपमा मैले खाना भत्ता अनुरोध गरेको छैन अथवा त्यस्तो निर्णयमा भाग लिएको छैन। जब म पदमा छु मलाई केसारान्तमा बस्न भनिएको छ, पहिलेका प्रधानमन्त्रीले पनि त्यसै गर्दै आएका थिए।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *