court

काठमाडौं:प्रतिनिधि सभा विघटन सम्बन्धमा सर्वाेच्च अदालतमा परेका मुद्दामाथि जारी संवैधानिक इजलासको सुनुवाइ आजका लागि सकिएको छ।

यसअघि शुक्रबार भएको सुनुवाइ आइतबारका लागि ‘हेर्दाहेर्दैमा’ राखेको थियो। अब निरन्तर सुनुवाइ गर्ने नि के गर्ने भन्ने इजलासले निर्णय गर्न बाँकी छ।

आइतबार रिट निवेदकका तर्फबाट ८ र सरकारी पक्षबाट तीन जनाले बहस गरे। निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, शम्भु थापा, महाविर यादव, हरिहर दाहाल, मुक्ति प्रधान, रमण श्रेष्ठ र अधिवक्ताहरू गोविन्द बन्दी र टीकाराम भट्टराईले बहस गरे।

सरकारी पक्षबाट भने महान्यायाधिवक्ता रमेश बडाल, नायव महान्यायाधिवक्ता पदम पाण्डे र सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *