काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका विपक्षी दलहरूको गठबन्धनको बैठक अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा जारी छ । बिहान नौ बजेबाट सुरु बैठकमा सरकारले शनिबार अध्यादेशबाट ल्याएको पूर्ण बजेट र सर्वोच्च अदालतमा शुक्रबारबाट सुरु भएको संवैधानिक इजलासको प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाबारे छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बैठकमा विपक्षी गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् ।

 

कांग्रेसबाट सभापति देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला र पुष्पा भुसाल सहभागी छन् । त्यस्तै माओवादीबाट पुष्पकमल दाहाल र नेता देव गुरुङ सहभागी छन् ।

एमालेबाट वरिष्ठ नेता नेपाल र भीम रावल सहभागी छन् । भने जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी छन् । भने राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *