संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा एउटा सानो सेस्ना जेट विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सबार सबैको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

सेस्ना सी ५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना विमानस्थलबाट उडेको केही समयभित्रै विमान पोखरीमा खसेको उल्लेख छ। उद्धारकर्मीका अनुसार बिमानमा सवार सात जना सबैको ज्यान गएको छ ।

संघीय हवाई उड्डयन प्रशासनले बिमान दुर्घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको जनाएको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *