काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहानका लागि मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्री ओलीले बजेट अध्यादेश सिफारिसका लागि बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।

आजै ४ बजे सरकारले आर्थिक वर्ष २०७८–०७९ को लागि बजेट ल्याउँदै छ । सोही बजेटका लागि राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गर्नका लागि बैठक राखिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी गराएका छन् । प्रतिनिधिसभा विघटन रहेकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो।

