जनता समाजवादी पार्टी (जसपा) ले अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई पुनः स्पष्टीकरण पत्र पठाएको छ।

जसपा उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई जेठ ११ गते स्पष्टीकरण पत्र पठाएको थियो।
पहिलो पटक स्पष्टीकरण पठाएको चार पाच दिनपछि पुनः चारै नेतालाई स्पष्टीकरण पठाइएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको ह्वीप विपरीत सहयोग गरेको भन्दै जसपाले स्पष्टीकरण पत्र पठाएको थियो तर, उनीहरुले स्ष्टीकरण नबुझाएपछि पार्टीले पुनः पत्र पठाइएको हो।
दोस्रोपटक पुनः पठाइएको पत्रमा पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण दिन अनुरोध गरिएको छ।
पार्टीले पत्र प्राप्त गरेको म्यादभित्र चित्तबुझ्दो सन्तोषजनक जवाफ प्राप्त नभएमा पार्टीबाट निष्काशनसमेत हुने चेतावनीसमेत दिइएको छ।
जसपाभित्र यस अघिको नेकपामा जस्तो र अहिले नेकपा एमालेमा जस्तै आन्तरिक टकराव छ। आन्तरिक टकरावकै कारण जसपा विभाजनको संघारमा छ।

