सुर्खेत : सुर्खेतमा जेठ २५ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले जेठ २५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको जानकारी प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले दिए ।

प्रजिअ रिजालले भने, “जिल्लामा अझै सङ्क्रमणको दर उच्च छ, संङ्क्रमित नघट्दासम्म निषेधाज्ञा थप्नु नै उत्तम हुन्छ, आजको बैठकले पनि २५ गतेसम्मका लागि थप्ने निर्णय गरेको छ ।”

सुर्खेतमा वैशाख १४ गतेदेखि निषेधाज्ञा जारी भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जिल्लामा हाल झण्डै तीन हजार सक्रिय संक्रमित छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *