काठमाडौं : नवनिर्वाचित राष्ट्रियसभा सदस्य सदस्य डा. खिमलाल देवकोटाले संविधानलाई मास्ने षड्यन्त्र भइरहेको भन्दै संविधानलाई बचाउन र सही दिशामा ल्याउन आफ्नो भूमिका हुने बताएका छन्।

शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै देवकोटाले संविधानतः प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने भए पनि पटक-पटक  प्रतिनिधि सभा विघटन गरिएकाले संविधानलाई मास्ने र सिध्याउने खेल भएको बताए।

संविधानलाई सबै मिलेर बचाउनुपर्ने भन्दै उनले आफ्नो भूमिका संविधानलाई बचाउन र संविधानलाई सही दिशामा ल्याउनका लागि हुने बताए।

‘यो संविधानलाई मास्ने, संविधानलाई सिध्याउने, संविधान च्यात्ने खालको जुन खेल भएको छ। यसलाई हामी सबै मिलेर संविधानलाई बचाउने, संविधानलाई राइट ट्रयाकमा ल्याउने यसैमा मेरो आफ्नो भूमिका हुन्छ’ उनले भने।

डा. देवकोटाले सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना हुने विश्वास पनि व्यक्त गरे। संविधानलाई सही दिशामा ल्याउनका लागि प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्प नभएको उनको भनाइ छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *