युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब भिल्ला रियलले जितेको छ । बुधबार राति भएको खेलमा भिल्ला रियलले इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई पेनाल्टी सुटआउटमा टाइब्रेकरमा पराजित गर्दै भिल्लारियलले उपाधि उचालेको हो ।

पोल्याण्डको पोल्साट एरिनामा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएको थियो । खेलको २९औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए । तर, खेलको ५५ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।
खेल बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउट समेत रोमान्चक बनेको थियो । तर, कुल २२ पेनाल्टी प्रहार युनाईटेडका गोलकिपर डेभिड डी जिया भने गोल गर्न असफल भए ।

