काठमाडौंको कीर्तिपुर र चन्द्रागिरी नगरपालिकाका केही फार्ममा रहेका कुखुरा तथा टर्कीमा बर्ड फ्लू देखिएको छ । बर्ड फ्लू पुष्टि भएको क्षेत्रबाट रोग तत्काल नियन्त्रणमा लिन त्यहाँ रहेका टर्की तथा कुखुरा नष्ट गरिएको छ ।

कीर्तिपुरको वडा नम्बर ४ र वडा नम्बर ९ तथा चन्द्रागिरीको वडा नम्बर २ का कृषकले पालेका टर्कीमा बर्ड फ्लू पुष्टि भएपछि पशु सेवा विभागले घर पालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु नष्ट गरेको हो ।

बर्ड फ्लूको आशंकामा ५३५ टर्की, ४९२ स्थानीय कुखुरा, ७६ बट्टाई, २० हाँस, १७८ अण्डा र ९ सय किलो दाना नष्ट गरी सुरक्षित तवरले तह लगाइसकिएको र रोग देखा परेको क्षेत्रलाई पूर्ण निसंक्रमण समेत गरिसकिएको विभागले जनाएको छ । रोग पूर्ण रुपमा नियन्त्रणमा रहेको र निगरानी कार्यलाई निरन्तरता दिइएको भन्दै आम उपभोक्तालाई सुनिश्चित हुन अनुरोध गर्दै रोगलाई पूर्ण नियन्त्रणमा राख्ने काममा सघाउन विभागले एक विज्ञप्तिमार्फत अपिल गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *