काठमाडौं :आगामी आर्थिक वर्षको बजेट भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ।

अध्यादेशमार्फत आउने आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री विष्णु पौडेलले भर्चुअल माध्यमबाट सार्वजनिक गर्नलागेका हुन्।

शनिबार ४ बजे प्रधानमन्त्री निवासबाट उनले भर्चुअल माध्यमबाट बजेट सार्वजनिक गर्न लागेको अर्थ मन्त्रालयले जानाएको छ।

प्रधानमन्त्री निवासमा भने प्रधानमन्त्रीसहित मन्त्रीहरु रहनेछन्। यसबाहेक सरोकारवालाहरु र सीमित पत्रकारलाई प्रवेश दिइने भएको छ।

साथै बजेटअघि सार्वजनिक गर्नुपर्ने आर्थिक सर्वेक्षण भने शुक्रबार नै सार्वजनिक गरिने भएको छ।

आर्थिक सर्वेक्षण पनि भर्चुअल माध्यमबाट नै सार्वजनिक गरिनेछ। आर्थिक सर्वेक्षण भने अर्थ मन्त्रालयबाटै हुने भएको हो।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *