काठमाण्डाै -: एमालेका नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन अन्तिम समयसम्म इमान्दार प्रयत्न रहने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत विष्टले लेखेका छन्, ‘नेकपा एमाले र जनसङ्गठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रोतर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ।’

उनले राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सबल एवं एकीकृत पार्टीले मात्रै महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नसक्ने पनि उल्लेख गरेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *