काठमाडौँ :सरकारले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सीईओमा नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।

शर्मासँग नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा फोर्स कमान्डरको समेत भूमिका निर्वाह गरिसकेको अनुभव छ । यसअघि सरकारले शर्माको नेतृत्वमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेसनल डिफेन्स युनिभर्सिटी) को निर्माण कार्य अघि बढाएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *