काठमाण्डाै :प्रतिनिधि सभा विघटनका विषयमा परेका रिटमाथि आउँदाे १३ गते बिहीबारदेखि सुनुवाइ हुने भएको छ ।

प्रतिनिधि सभा विघटनपछि सर्वोच्चमा परेका रिटमध्ये अन्तरिम आदेशको माग राख्दै दर्ता भएका १९ वटा रिटको पेसी बिहीबारका लागि तोकिएको हो ।
यस्तै संवैधानिक इजलासमा जाने ११ वटा रिटको पेसी शुक्रबारका लागि तोकिएको छ । विपक्षी दलले दर्ता गराएका र अन्य केही रिटमा सिधै संवैधानिक इजलासमा सुनुवाइको माग गरिएकाले सिधै संवैधानिक इजलासमै सुनुवाइ सुरु हुनेछ ।
३० वटा रिटमध्ये २६ वटा प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर दर्ता गरिएको छ, चार वटा भने प्रधानमन्त्रीको कदम ठिक भएको चुनाव हुनुपर्ने माग गर्दै दर्ता भएका छन् ।

