काठमाडौं : काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप भएको छ। उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले थप कडाईका साथ निषेधाज्ञा एक सातालाई थप गर्ने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालिप्रसाद पराजुलीका अनुसार उपत्यकामा निषेधाज्ञा एक साता थप गर्ने निर्णय भएको हो। एक साता थप गरिएको निषेधाज्ञामा थप कडाई हुने पराजुलीको भनाइ छ।

निषेधाज्ञामा सर्वसाधारणलाई मर्निङ र इभिनिङ वाकका लागि घरबाट निस्कनेलाईसमेत कारबाही गरिने भएको छ। त्यसैगरी खाद्य पसल र डिपार्टमेन्ट स्टोरसमेत बन्द गर्ने निर्णय गरेको छ। यसअघि उपत्यकाभित्र जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा जारी भएको थियो।

पछिल्लो थप भएको निषेधाज्ञामा बिहान ९ बजेसम्म मात्र तरकारी पसल खोल्न दिइने छ। अब विवाहमा सातजना मात्र सहभागी हुन पाइने छ। यसअघि १० जना सहभागी हुने पाइने निर्देशन जारी भएको थियो। कोरोनाको दोस्रो लहर सुरु भएपछि उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको हो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *