एजेन्सी :
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई परमाणु हतियार पाउनबाट रोक्नु नै आफ्नो पहिलो मिसन भएको बताएका छन् ।

सोमबार ट्वीट गर्दै प्रधानमन्त्री नेतान्याहूले आफ्नो अस्तित्वको सवाल भएका कारण इरानलाई परमाणु हतियार प्राप्त गर्न रोक्नु आफ्नो पहिलो मिसन भएको बताएका हुन् ।

उनले लेखेका छन्, “इजरायलले इरानलाई परमाणु हतियार प्राप्त गर्नबाट रोक्नेछ । कुनै पनि हालतमा सम्झौता होस् वा नहोस् हामी इरानलाई परमाणु हतियार पाउनबाट रोक्नेछौं किनकि यो हाम्रो अस्तित्वको विषय हो । यो हाम्रो पहिलो मिसन हो ।”

सोही ट्वीटमार्फत उनले इजरायलको खुफिया एजेन्सी ‘मोसाद’को प्रमुखको जिम्मेवारी ५६ वर्षीय डेविड बार्नियालाई दिइएको जानकारी गराएका छन् । साथै नेतान्याहूले अमेरिकालाई धन्यवाद दिँदै अमेरिका विशेष मित्रसँगै आफ्नो राष्ट्रिय सुरक्षाको साझेदार भएको बताए ।

एक सात अघि मात्र इजरायल र प्यालेस्टाइनस्थित हतियाधारी समूह हमासबीच ११ दिने संघर्ष चलेको थियो । जसबाट प्यालेस्टाइनका लगभग ३ सय मानिसको मृत्यु हुँदा इजरायलका १२ जनाको ज्यान गएको थियो । दुवै पक्षले जेठ ७ गतेदेखि युद्धविराम गर्ने घोषणा गरेका थिए

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *