एजेन्सी :
म्यान्मारको पूर्वी क्षेत्रमा विद्रोही लडाकुहरूसँगको भिडन्तमा २० सुरक्षाकर्मीको मृत्यु भएको दाबी विद्रोहीहरूले गरेका छन् ।

एउटा लडाइँमा पिपुल्स डिफेन्स फोर्स नामक सैन्य शासक विरोधी नागरिक समूहले शान राज्यको मोब्येल शहरमा एउटा प्रहरी चौकी कब्जामा लिएको, त्यस क्रममा २० जना प्रहरीको मृत्यु भएको र विद्रोही लडाकुहरूले चारजना सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएको बताएको छ ।
उक्त शहर राजधानीभन्दा १०० किलोमिटर पूर्वतिर पर्छ । स्वायत्त राज्यको माग गर्दै सशस्त्र विद्रोही समूहहरूले लडाइँ गरिरहेको क्षेत्र नजिकै त्यो ठाउँ पर्दछ ।
म्यान्मारको सैन्य शासकले भने यस विषयमा टिप्पणी गरेको छैन ।
सेनाले शासन हात पारेदेखि म्यानमारमा निरन्तर प्रदर्शन हुँदै आइरहेका छन् भने विद्रोहीहरू रहेको क्षेत्रमा पनि भिडन्तहरू भइरहेका छन् ।

