काठमाडौं :मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उठाएको कदमका विरुद्धमा विपक्षी गठबन्धनले सर्वोच्चमा दायर गरेको रिटमा खनाल-नेपाल समूहका ४ सांसदले हस्ताक्षर गरेनन् ।

रिटमा विघटित प्रतिनिधिसभाका १४६ जना सांसदको हस्ताक्षर र सनाखत भएको छ। यसअघि नेकपा एमालेका २६ जनाको हस्ताक्षरसहित १४९ जनाको नाम राष्ट्रपति समक्ष पठाइएको थियो।

रिट दायर गर्ने अन्तिम समयमा एमालेका गोकर्ण विष्ट, गणेश पहाडी, राजबहादुर बुढा र पवित्रा निरौला खरेलले हस्ताक्षर गरेनन्।

यसअघि राष्ट्रपतिसमक्ष पठाइएको हस्ताक्षरमा समावेश नभएकी कलिला खातुनले सोमबार हस्ताक्षर गरेकी हुनाले एमालेको सङ्ख्या २३ पुगेको छ।

आज हस्ताक्षर गर्नेमा नेपाली कांग्रेसबाट ६१, माओवादी केन्द्रबाट ४९, एमालेको खनाल-नेपाल समूहबाट २३ , जसपाको बाबुराम-उपेन्द्र पक्षबाट १२ र जनमोर्चाका १ जनाले हस्ताक्षर गरेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *