स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९१ हजार ३४८ पुगेको छ।

नेपालमा आज ७ हजार ९१४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ३१६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ रहेको छ ।
यससँगै संक्रमितको कूल संख्या ५ लाख १३ हजार ५५७ जना पुगेको छ।
आज १९३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ३४६ पुगेको छ।
आज १९ हजार ८९६ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा २९ लाख १७ हजार ३९९ जनाको परीक्षण गरिएको छ।
काठमाडौं उपत्यकामा आज २ हजार ८२१ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार ७६१, भक्तपुरमा ३६६ र ललितपुरमा ६९४ जना थपिएका हुन् ।

