काठमाडौं :मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट गरिएको प्रतिनिधि सभा विघठनविरुद्ध अदालतमा रिट निवेदन दिन माधव नेपाल समूहबाट २१ जना सांसदहरूले
हस्ताक्षर गरिसकेका छन्।

नेपाल समूहका २१ जना एमाले सांसदहरूले हस्ताक्षर गरिसकेको र  केहीको हस्ताक्षर आउने क्रम जारी रहेको सो समूहका सांसद जीवनराम श्रेष्ठले बताए।

हस्ताक्षर गर्नेमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, रामकुमारी झाँक्री, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार र पवित्रा निरौला छन्।

माधव समूहका एक सांसदका अनुसार कोरोना संक्रमित भएका मेटमणि चौधरीले वारेसमार्फत् पठाए पनि नेपाली कागजमा नभएका कारण फेरि पठाउन भनिएको छ भने नारायण खतिवडा नुवाकोटबाट आउने क्रममा छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *