एजेन्सी:
सैन्य हिरासतमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको स्वास्थ्य अवस्था राम्रो रहेको त्यहाँको सेनाले जनाएको छ।

म्यानमारको सैन्य प्रमुख मिन आंग लाइङ्‌गले नेतृ सुकीको स्वास्थ्य अवस्था राम्रो रहेको र छिटै अदालतमा पेस गरिने बताएका छन् । सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिनेक्रममा सेना प्रमुख मिनले यस्तो जनाएका हुन् ।

यसैबीच म्यानमारको निर्वाचन आयोगले सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) खारेज गर्ने तयारी गरेको छ । गत वर्ष भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै उक्त पार्टी खारेज गर्नेबारे आयोगले तयारी गरिरहेको हो ।

सेनाद्वारा नियुक्त गरिएका आयोगका अध्यक्ष थिन सोलाईले राजनीतिक दलहरूसँग भएको छलफलमा सुकीको पार्टी खारेज गर्नेबारे आफूहरूले विचार गरिरहेको जानकारी दिएको स्थानीय सञ्‍चारमाध्यमहरूले उल्लेख गरेका छन्।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *